स्वाइन फ्लूको औषधिले देखियो कोरोनामा असर


 



नयाँ दिल्ली, चैत्र २
भारतमा संक्रमण देखिएपछि निको हुने बिरामीको संख्या १० पुगेको छ ।

नवभारत टाइम्सकाअनुसार सफदरजंगका बिरामीलाई स्वाइन फ्लू लागेको बिरामीलाई चलाइने औषधि टेमीफ्लू दिइएको थियो ।

ती बिरामीहरुलाई घर पठाए पनि १४ दिनसम्म भने आइसोलेसनमा राखिनेछ । घर फर्कनेमध्ये एकजना इटलीबाट भारत फर्केपछि देखिएका भारतको पहिलो कोरोना भाइरस संक्रमित बिरामी पनि छन् ।

सफदरजंग अस्पतालमा ती बिरामीलाई १४ दिनसम्म आइसोलेसनमा राखेर लक्षणको आधारमा उपचार गरिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बिरामी १४ दिनमा निको भएका हुन् ।

विहीबार र शुक्रबार लगातार दुई दिनसम्म परीक्षण गर्दा पनि उनको रिपोर्ट नेगेटिभ आएको थियो । यस्तो नतिजासँगै घरमा पनि १४ दिन आइसोलेसनमा बस्नेगरी चिकित्सकहरुले बिरामीलाई घर पठाएका हुन् ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार कोरोना भाइरस संक्रमित बिरामीलाई उनीहरुको लक्षणको आधारमा औषधि दिइएको थियो । यहाँ बिरामीलाई एन्टी(एचआईभी औषधि दिइएको थिएन ।

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्