ट्रम्पलाई कोरोनाको आशंका, गरियो स्वास्थ्य परीक्षण


 



कोरोना भाइरस संक्रमणको आशंकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य परीक्षण गरिएको छ।

चिकित्सकसँगको लामो छलफल र सुझावपछि ट्रम्पले शुक्रबार स्वास्थ्य परीक्षण गराएका हुन् । परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको सीएनएनले जनाएको छ।

ट्रम्पलाई भेटेको ब्राजिलको प्रतिनिधिमण्डलका दुई सदस्यलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई स्वास्थ्य परीक्षण गर्न दबाब परेको थियो।

शनिबार ह्वाइट हाउसले ट्रम्पको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिँदै ट्रम्पमा कोरोनाको कुनै लक्षण नरहेको स्पष्ट पारेको हो।

यसअघि ट्रम्पलाई भेटेको भोलिपल्ट ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोका सञ्चार निर्देशक फावियो वाज्न्गार्टेनमा कोभिड(१९ पोजेटिभ देखिएको थियो।

उक्त भेटमा उपराष्ट्रपति माइक पेन्स पनि सहभागी थिए। फावियो ब्राजिली राष्ट्रपति बोल्सोनारोको तीन दिने अमेरिका यात्रामा साथमा थिए। एजेन्सी

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्