छक्का पञ्जाको नेपाली सिने इतिहासमा नयाँ रेकर्डस्


 


xakkap-nja

काठमाडौं,२९ भदौ । गत शुक्रबार देखि देशभरिका ८० वटा भन्दा बढी हलमा प्रदर्शन भइरहेको चलचित्र ‘छक्का पञ्जा’ले नेपाली सिने इतिहासमा नयाँ रेकर्डस बनाउन सफल भएको छ ।

चलचित्र छक्का पञ्जाले पाँच दिनमा रु तीन करोड कमाएर नेपाली इतिहासमा सबै भन्दा कम समयमा बढी आम्दानी गर्न सफल भएको छ ।

चलचित्र छक्का पञ्जाले एक दिनमा मात्रै एक करोड भन्दा बढी कमाएको, तीन जना पूर्व प्रधानमन्त्रीहरुले हेरेको लगायत अहिले सम्मको इतिहासमा एकदिनमा छ हल हाउसफुल हुने सम्मका विभिन्न रेकर्डस्हरु कायम गरेको छ ।

नेपाली चलचित्रको लगानी नै उठाउन हम्मे हम्मे परिरहेका बेला छक्कापञ्जाले रिलिज भएको दुई दिनमा नै १ करोड ५५ लाख भन्दा बढी कमाएको निर्माण पक्षको दावी छ ।

निर्माण पक्षका अनुसार चलचित्र निर्माण गर्न कुल ९० लाख खर्च भएको थियो ।

दीपा श्री निरौलाद्धारा निर्देशित यो चलचित्रमा हाँस्यकलाकारहरु केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ , प्रियंका कार्की, वर्षा राउतलगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्