सांसद अनारकली मिँयाले गरिन् कक्षा १२ पास


 


anarkali-miya

काठमाडौ,भदौ २९ उच्च माध्यमिक शिक्षा परिषदले सोमबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा नेकपा एमालेकी सांसद ंअनारकली मिँयाले कक्षा १२ पास गरेकी छिन् ।

शारदा उच्च माध्यमिक बिद्यालय सल्यानमा अध्ययनरत उनले शिक्षा सँकायबाट कक्षा १२ पास गरेकी हुन् ।

२०५१ सालमा कक्षा १० पास गरेकी उनको विवाह भएपछि प्लस टु पढ्न पाएकी थिएनन् ।

अब उनले स्नातकतह पनि पढ्ने बताएकी छन् ।

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्