Deshko News
१३ आश्विन २०८०, शनिबार

संविधान संशोधनको प्रस्ताव स्वीकार्य छैनः अध्यक्ष ओली



kp oli

हेटौँडा,  भदौ २९ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली–नेपालीबीच फुट पैदा गर्ने एवम् राष्ट्रिय अखण्डतालाई विखण्डन गर्न ल्याउन लागिएको संविधान संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ ।

थाहा महोत्सवको आज पालुङमा उद्घाटन गर्दै उहाँले केही दलले दलीय स्वार्थका लागि बाह्य शक्तिसँग परामर्श लिने गरेकाले तिनै शक्तिलाई चित्त बुझाउन संविधान संशोधनको प्रक्रिया सुरु गरिएको हो भन्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले अहिले धर्मनिरपक्षेताको विकल्पमा हिन्दू सनातन धर्मको माग पनि उठिरहेको अवस्थामा केही समूहको माग मात्रै संशोधन गर्ने प्रक्रियाले अरु दलको मागलाई पनि उपेक्षा गर्न नहुने बताउनुभयो । बेरोजगार युवालाई भाषण र प्रलोभनले होइन, आर्थिक समृद्धिको योजनामा संलग्न गराउन सकेमात्र ती युवाहरु आर्थिक आत्मनिर्भरतर्फ उन्मुख हुने बताउनुभयो ।

आगामी असोज ८ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा कृषि उत्पादन, घरेलु तथा होजियारी, पशुपालन, प्रविधिलगायत करिब २०८ स्टल प्रदर्शनीमा राखिएका छन् ।

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News