टिकट बुकिङ प्रणालीमा अझै किचलो


 


ticket_booking_buspark

काठमाडौं भदौ २९ दशैं लाग्न दुइहप्ता पनि समय नभएको बेला सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्नमा अझै किचलो भइरहेको छ ।

यातायात व्यवस्था विभागले बुधबार सर्वपक्षिय बैठक बोलाएर असोज १ गतेबाट टिकट बुकिङ खोल्ने प्रस्ताव राखेपनि यातायात व्यवसायीहरुले नमानेका कारण बुकिङमा किचलो मिल्न नसकेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बुकिङ खुलाउनेबारे छलफल गर्न फेरि असोज २ गते बै ठक बस्ने बताए ।

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्