कोरोना संक्रमणको त्रासले अस्पतालमा मौसमी फ्लुका बिरामी बढ्दै


 


काठमाडौं, ४ चैत्र

कोरोना संक्रमणको त्रासले पछिल्लो समय अस्पताल पुग्ने मौसमी फ्लुका बिरामीको संख्या दोब्बरले बढेको पाईएको छ । मौसम परिवर्तन हुन लागेकोले पनि मौसमी फ्लुका बिरामी बढेको चिकित्सकले बताएका छन्।

फ्लुको लक्षण देखियो कि बिरामी कोरोना संक्रमण भन्दै अस्पताल आइपुग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए।

उनीहरुलाई परामर्श तथा सुझाव दिएर पठाउने गरेको र जटिल समस्या भए पुनः अस्पताल आउन सुझाव दिने गरेको पुनले बताए।

प्रकाशित मिति: ४ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्