याे हाे संसारकै ठूलाे ब्रा


 


braशरीरका दाग धब्बा हटाउने खालका विभिन्न प्रडक्ट उत्पादन गर्दै आएको एक बेलायती कम्पनी भेनिसले स्तन क्यान्सर विरुद्धको अभियानमा विभिन्न तरिकाले सघाउ पुराउँदै आएको छ । तर अब भेनिसको परिचय यतिमा मात्र सिमित छैन ।

कम्पनीले हालै विश्वकै सबैभन्दा ठूलो ब्रा उत्पादन गरेको छ । गुलाबी रंगको यो ब्रालाई केही दिन अघि कम्पनीले सार्वजनिक गरेको थियो र यसलाई आइटीवी साउथबैंक टावरमा प्रदर्शनीका लागि टाँगिएको छ ।

यो ब्रा को साइज १२२२बी छ । जुन १ सय २ फिट चौडा छाति भएका महिलाहरुको लागि ठिक्क हुन्छ । उपयुक्त साइजका ब्रा नियमित लगाएमा स्तन क्यान्सरको खतरा कम हुन्छ भन्ने चेतना जगाउन विश्वकै ठूलो ब्रा उत्पादन गरेको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: ३० भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्