पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, अवस्था सामान्य


 


काठमाण्डौँ,चैत्र ६
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । एक्कासि स्वास्थ्यमा समस्या भएपछि बुधबार राति करिब ८ बजे उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको हो ।

रक्त सञ्चालनमा अवरोध पुगेको आशंकामा सबै परीक्षण गरिएको भएपनि सामान्य रहेको रिपोर्ट आएकोले केही प्रक्रिया पूरा गरेर आजै डिस्चार्ज गरिने जनाएको छ ।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्