कोरोना संक्रमण : इटलीमा एकैदिन ६ सय २७ को मृत्युु




एजेन्सी

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट इटलीमा एकैदिन ६ सय २७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।

यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ जनाको अवस्था गम्भीर छ ।

इटलीको उत्तरी क्षेत्र लोम्बार्डीको अवस्था दर्दनाक छ । इटलीमा कोरोनाको पहिलो संक्रमण लोम्बार्डीमै पुष्टि भएको थियो । कोरोना संक्रमितको संख्या बढेपछि उपचारमा कठिनाइ भइरहेको बताइएको छ ।

कोरोना संक्रमण रोकथाम र बिरामीको उपचारका लागि इटलीमा खटिएका चिनियाँ विशेषज्ञको टोलीले लोम्बार्डीमा लगाइएको प्रतिबन्ध कडा र पर्याप्त नभएकोसमेत बताएका छन् ।

अवस्था भयावह बनेपछि इटली सरकारले अब प्रतिबन्ध कडा गर्न सेनालाई परिचालन गर्ने तयारीसमेत गरेको सीएनएनको समाचारमा उल्लेख छ । इटलीका राष्ट्रपतिले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा सेना परिचालनलाई स्वीकार गरिएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News