ग्यास किन्नेको नामसहितको विवरण राख्न सबै विक्रेतालाई निर्देशन


 


काठमाण्डौ चैत्र ८

नेपाल एल.पी ग्यास उद्योग संघले अहिले ग्यास किन्नेको नामसहितको विवरण राख्न सबै विक्रेतालाई निर्देशन दिएको छ ।

कोरोना भाइरसको डरका कारण पछिल्लो समय ग्यास संचित गर्नेको क्रम बढेको भन्दै संघले सूचना निकालेर ग्यास किन्नेको संख्या, बाँकी रहेको ग्यास, उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बरसहितको विवरण सम्बन्धित उद्योगमा दैनिक लिखित रुपमा बुझाउन विक्रेतालाई निर्देशन दिएको हो ।

यसैबिच नेपाल आयल निगमले निर्धारण गरेको उपभोक्ता मूल्यमा मात्र ग्यास बेच्न पाउने र तत्काललाई नयाँ सिलिण्डर बेच्न पनि संघले प्रतिबन्ध लगाएको छ । यसैगरी घरमा दुई वटा भन्दा धेरै ग्यास नराख्न पनि संघले उपभोक्तासँग अनुरोध गरेको छ ।

प्रकाशित मिति: ८ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्