चीनले बनायो कोरोना लाग्नै नदिने खोप, परिक्षणको तयारी




काठमाडौं, चैत ९
चीनले कोरोनाभाइरस लाग्नै नदिने खोप उत्पादान गरेको जनाएको छ। चीनको उत्तरपूर्वी सहर तियानजिनमा कनसिन बायोलोजिक्सले एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेजसँग मिलेर कोरोना भाइरसविरुद्धको खोप बनाएको दाबी गरेको हो ।

अब यसको क्लिनिकल परीक्षणका लागि स्वयंसेवीको खोजी सुरु भएको छ। हुबेई सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी०काअनुसार अब खोपको परीक्षण गर्ने तयारी गरिएको छ। यो खोप सुरक्षित र संक्रमणको कुनै खतरा नरहेको दाबी पनि गरिएको छ।

चीनले जुन खोपका लागि काम गरिरहेको छ, त्यसमा मेसेन्जर रिभोलुक्निक एसिड अर्थात् एमआरएनए प्रविधि भाइरसको जनेटिक कोडको नक्कल हो यसको परीक्षण मानिसमा गर्न स्वीकृति मिलेको छ। अप्रिलमा यसको परीक्षण हुने आशा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News