नेपालमा कोरोना भाइरस आइसक्यो भन्दै डा. दिक्षितले भने- अब मलाई सरकारले जेल हालोस्




काठमाडौं, चैत ९
वरिष्ठ चिकित्सक तथा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपालमा कोरोना भाइरस आइसकेको दाबी गरेका छन् ।

प्राइम टाम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासङ्ग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले
आफूलाई कारबाही गरेर देखाउन सरकारलाई चुनौतीसमेत दिएका छन् ।

‘सरकारले जुन तथ्यांकका आधारमा नेपालमा कोरोना भाइरस छैन भनेको छ म त्यहीं तथ्यांकका आधारमा कोरोना भाइरस छ भन्छु,’ डा. दिक्षितले भने ।

उनले आफुले अफवाह फैलाउन खोजेको नभई सरकारलाई जागरुक हुन भन्न खोजेको बताए। उनले नेपालमा कोरोना भाइरसको जोखिमबाट समयमै बच्न आवश्यक रहेको भन्दै अवस्थाको सही जानकारी लिएर अघि बढ्नुपर्ने बताए ।

चीन, भारत, बङ्गलादेश, पाकिस्तान जस्ता नजिकका देशमा रहेको नेपालमा कोरोना भाइरस ज्वालामुखी बन्न सक्ने खतरा औल्याए । सरकारसँग आवश्यक पैसा भएको भन्दै सही ठाउँमा खर्च गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News