कोरोना भाइरस नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले माग्यो १३४ जना डाक्टर तथा नर्स


 


काठमाडौं,चैत १२

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणसम्बन्धी कामको लागि १ सय ३४ जना डाक्टर तथा नर्स माग गरेको छ। मन्त्रालयले विज्ञापन निकाल्दै इच्छुकलाई एक साताभित्र आवेदन दिन भनेको छ।

मन्त्रालयले करारमा मागेकोमा एक सय जना नर्स, ७ जना जनरल फिजिसियन, ७ जना एनेस्थेसियाजेजिष्ट र २० जना मेडिकल अधिकृत रहेका छन्। कोरोना भाइरसका संक्रमित बढ्ने देखिएपछि सरकारले डाक्टर तथा नर्सहरु माग गरेको हो।

प्रकाशित मिति: १३ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्