प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न माधव नेपाल अस्पतताल पुगे


 



काठमाडौँ,चैत १४

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति प्रधानमन्त्री ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेता नेपाल अस्पताल पुगेका हुन्।मुटुको धड्कन बढ्ने समस्या देखिएपछि उनलाई बिहीबार राति नै अस्पताल पुर्‍याइएको थियो।

गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली फागुन ३० गते डिस्चार्ज भएर बालुवाटार फर्किएका थिए।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्