सुदूरपश्चिम समाज अमेरिकाका महासचिव बम कोरोनाबाट संक्रमित


 


धनगढी,चैत १६

सुदुरपश्चिम समाज अमेरिकाका महासचिब तथा व्यवसायी तथा न्यूयोर्कका बरिष्ठ समाजसेवी जीवन (जुंग) बम कोरोना भाईरसबाट संक्रमित भएका छन् ।

संक्रमित बमको हाल माउन्ट सेन्नैइ हस्पिटल लोङआल्यान्डमा उपचार भईरहेको छ ।सुदूरपश्चिमको डोटी पुख्र्यौली घर भएका उनी करीव् २० वर्षदेखि अमेरिकाको न्यूयोर्कमा बसोवास गर्दै आएका छन् ।उनको न्यूयोर्कमा दुई वटा रेष्टुरेण्ट रहेका छन् ।

सुदूर पश्चिम समाज अमेरिकाका अध्यक्ष गणेश बिष्ट, सुदूरपश्चिमेली समाज अन्तर्राष्ट्रिय समितिका संयोजक राम बहादुर देउवा र केन्द्रीय सदस्य नविन ओझाले बमको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति: १६ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्