स्वास्थ्य उपकरण लिएर सेनाको स्काई ट्रक धनगढी आईपुग्यो


 



धनगढी,चैत१७

कोरोना भाइरस रोकथामका लागि संघीय सरकारले पठाएको सामग्री धनगढी पुगेको छ।संघीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई उपलब्ध गराएको स्वास्थ्य उपकरणसहितको सामग्री लिएर उडेको नेपाली सेनाको स्काई ट्रक केहीबेरअघि धनगढी विमानस्थलमा अवतरण भएको हो।

संघीय सरकारले चीनबाट ल्याएका कोरोना भाइरस जाँच्ने पीसीआर मेसिन एक थान, पीपीई एक हजार थान र अन्य आवश्यक औषधि सुदूरपश्चिम, कर्णाली, ५ नम्बर र २ नम्बर प्रदेश सरकारलाई उपलब्ध गराउने १६ चैतमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले निर्णय गरेको थियो।

सोही अनुसार आज सेनाको जहाजमार्फत् स्वास्थ्य सामग्री पठाइएको हो। स्वास्थ्य सामग्री धनगढी विमानस्थलबाट ट्रकमा राखेर सामाजिक विकास मन्त्रालय पुर्‍याइने भएको छ।

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्