विद्यार्थीको डुबेर मृत्यु


 


logodesh

दाङ, असोज १ नुहाउन गएका एक विद्यार्थीको आज डुबेर मृत्यु भएको छ ।

सहिद आवासीय उच्च माद्यमिक विद्यालय मानपुरमा कक्षा १२ मा अध्यनरत १९ वर्षीय नेत्र लुहारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

मानपुर–७ चौकाखोला नहरको बाँधमा नुहाउने क्रममा लुहार डुबेका थिए । जीवितै उद्धार गरी राप्ती अञ्चल अस्पताल पु¥याइएका उनको उपचारका क्रममा मृत्यु भएको हो । कालीकोट शिवठाना गाविस– २ निवासी लुहारको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्