बालक मृत भेटिए


 


logodesh

गौशाला, असोज१ महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका– ११ खैरा गाउँस्थित पोखरीमा आज एक बालक मृत भेटिएका छन् ।

स्थानीय मलु खानका छोरा १० वर्षीय अताबुल मृत भेटिएको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । उनी घर नजिकै रहेको पोखरीमा साथीहरुसँग नुहाउन गएका थिए । मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल, जलेश्वरमा राखिएको छ ।

प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्