संविधान कार्यान्वयन गर्न जनताले दबाब दिनुपर्छ ः नेता थापा


 


ram-bdr-thapa-badal

काठमाडौँ,  असोज १नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापा ‘बादल’ले लामो सङ्घर्षपछि जारी भएको संविधान कार्यान्वयन गर्न जनताले दबाब दिनुपर्ने बताउनुभएको छ ।

उपत्यका–धादिङ जनसम्पर्क मञ्चले आज यहाँ ‘संविधान कार्यान्वयनका लागि दबाब अभियान’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले दबाब बिना संविधान कार्यान्वयन हुन नसक्ने भन्दै दबाब दिनुको विकल्प नभएको बताउनुभयो ।

उहाँले नयाँ नेपाल निर्माणका लागि क्रान्तिकारी पार्टी एक हुँदै सामाजिक रुपान्तरण अभियान सुरु गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले नयाँ नेपाल निर्माणका लागि वैज्ञानिक र क्रान्तिकारी विचार आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पूर्व सांसद पुष्पविक्रम मल्ल, मञ्चका उपाध्यक्ष राम घलेलगायतले क्रान्तिकारी पार्टीले विगतमा गरेका त्रुटिको समीक्षा गर्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्