डुंगा पल्टिएर हराएका नौ जना अझै वेपत्ता


 


इनरुवा, असोज २

सुनसरीको प्रकाशपुर–५ स्थित सप्तकोसी नदीमा डुङ्गा दुर्घटनामा बेपत्ता भएकाको खोजी आज बिहानदेखि सुरु गरिएको छ । शनिबार श्रीलङ्का टापुबाट यात्रु लिएर आइरहेको डुङ्गा सप्तकोसीमा दुर्घटना हुँदा बेपत्ता भएकाको खोजी आज बिहानैदेखि सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरी खोजी सुरु गरिएको सुनसरीका प्रजिअ मोहन चापागाईंले जानकारी दिए । दुर्घटना भएसँगै ३७ जनाको सकुशल उद्धार गरिए पनि अझै बेपत्ताको सङ्ख्या यकिन हुन सकेकोे छैन ।

डुङ्गा दुर्घनामा १५ जनाभन्दा बढी बेपत्ता भएको स्थानीयवासीले भने पनि बढीमा सात जना बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: २ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्