भुवन केसीले यसरी मनाए जन्मदिन


 


bhuwan-kcकाठमाडौं, असोज २

अनमोल केसीले ‘ह्याप्पी बर्थ डे बाबा’ भनेपछि मात्रै भुवन केसीले आफ्नो जन्मदिनको बारेमा थाहा पाएका थिए । ‘मैले त आफ्नै जन्मदिन बिर्सिएको रैछु, अनमोलले भनेपछि मात्रै थाहा भयो,’ केसीले भने ।

जन्मदिनमा उनी दिनभर कतै गएनन् । बेलुका अनमोलले केक ल्याए । ‘साथीभाइ कसैलाई खबर गरिनँ, परिवारका सदस्यको बीचमा बसेर जन्मदिन मनाएँ,’ भुवनले भने ।

सन् १९७५ मा जन्मेका भुवन शनिवारदेखि ६० वर्ष लागेका छन् । बढ्दो उमेरमा पनि आफ्नो उत्साहमा कुनै कमी नआएको उनले बताए । ‘मलाई झन् झन् इनर्जी बढेको अनुभूति भइरहेको छ’ उनले भने ।

पछिल्लो पटक भुवनले छोरा अनमोल केसीलाई हिरो लिएर ‘ड्रिम्स’ बनाए । करोडपति, नेपाली बाबु, सुपरस्टार लगायत चलचित्रमा लगानी गरेका केसीले एउटा फिल्मबाटै कुशल निर्देशकका रुपमा आफूलाई स्थापित गरे । अहिले उनी अर्को फिल्म बनाउने तयारीमा छन् ।

सम्झना, कुसुमे रुमाल, साइनो, सपना, कन्यादान, चिनो लगायत दर्जनौं फिल्ममा अभिनय गरेका केसी पछिल्लो समय सफल निर्माताको रुपमा चिनिन्छन् ।

विभिन्न प्रकरणले चर्चामा आउने नायक हुन् भुवन । युवतीसँगको स्क्याण्डलले चर्चामा आउने उनले जीवनमा दुई पटक बिहे गरे । दुवै श्रीमतीसँग उनको सम्बन्ध विच्छेद भइसकेको छ ।

पछिल्लो समय नायिका जिया केसीसँग नजिकिएका केसी नेकपा एमालेमा प्रवेश गरेर झन् बढी चर्चामा आए । एमाले प्रवेश गरेका केसीले संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट एमालेको तर्फवाट उम्मेदवारको टिकट समेत पाए । तर, उनको टिकट एकदिनमै खोसियो ।

प्रकाशित मिति: २ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्