दिल्लीबाट अाइनपुग्दै भाेलि प्रचण्ड न्यूयाेर्क जाँदै


 


काठमाडाैं, असाेज २

संयुक्त राष्ट्रसंघको ७१औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार अमेरिका जाने भएका छन् । प्रधानमन्त्री प्रचण्डले महासभालाई सम्बोधन गर्ने र केही उच्चस्तरीय एवम द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले छिमेकी तथा मित्रराष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखसँग आपसी हित र चासोका विषयमा कुराकानी गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिव वान किमुनसँग विशेष भेटवार्ता गर्ने तय भएको छ ।

प्रधानमन्त्रीले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघका महासचिव वानले आयोजना गर्ने विशेष समारोहमा मन्तव्य दिनेछन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड महासभामा भाग लिने सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा महासचिव वान र अमेरिकी राष्ट्रपति बाराक ओवामाले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्युयोर्कमा गत मंगलबार सुरु भएको महासभा १० दिनसम्म चल्नेछ ।

प्रकाशित मिति: २ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्