बिपी प्रतिष्ठानको उपकुलपतिमा डा. गिरी नियुक्त


 


विराटनगर, चैत २७

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरी नियुक्त भएका छन्।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीलाई उपकुलपतिमा नियुक्ति गरेका हुन्।

विगत ३० वर्षदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा गिरी पछिल्लो समय विराटनगरस्थित विराट नर्सिङ होममा चिकित्सकीय सेवा प्रदान गर्दै आइरहेका छन् ।
लामो रस्साकस्सी पछि डा गिरी प्रतिष्ठानको उपकुलपति हुन सफल भएका हुन्।
यसअघि डा गिरीसँगै प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा। गुरु खनाल, डा। गेहनाथ बराल र प्रतिष्ठानकै अर्का चिकित्सक डा सन्जीव शर्माको नाम चर्चामा थियो।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्