कार्कीकाे फाइल प्रधानमन्त्री कार्यालयले लुकाएकाे खुलासा


 


lokman karkiकाठमाडौं, असाेज ३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमै रहेको खुलासा भएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात हराएको विषय उठाएका थिए ।

थापाले जिज्ञासा राखेपछि मुख्यसचिव सोमलाल सुवेदीले नियुक्तिसम्बन्धी माइन्युट कार्यालयमै रहेको जानकारी दिए । ‘नियुक्तिको माइन्युट हराएको थिएन । प्रधानमन्त्री कार्यालयमै छ ।

हामी केही दिनमै अदालतमा त्यसबारे जवाफ दिनेछौं,’ मुख्यसचिव सुवेदीले भने, ‘बाहिर भनिएजस्तो भूकम्पका कारण कागजात तलमाथि परेको होइन ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्