जसले सप्तकाेशीमा डुबेका २९ जनालार्इ बचाए


 


काठमाडौं, असाेज ३

सुनसरी महेन्द्रनगरका नेपाल केबिरथलई छरछिमेकले खासै मन पाउँदनथे, दिउँसै रक्सी खाने उनको स्वभावका कारण । तर तिनै केबिरथ यतिबेला गाउँलेको प्रिय बनेका छन् ।

केबिरथ मात्र होइन, महेन्द्रनगर गाविस ठाकुरबारीका अमृत खड्का, रामचन्द्र मोची, रोजन राई र बाबुराम चन्द्रवर्शीले गाउँमा बहादुर युवाको परिचय बनाएका छन्, शनिबारदेखि । सप्तकोशीमा शनिबार डुंगा दुर्घटनामा परेका २९ जनालाई एकैसाथ सकुशल उद्दार गरी यी ाँच युवाले सबैको वाहवाही बटुले ।

मृत्युको मुखमा पुगेका २९ जनालाई उद्दार गरी बचाएपछि केबिरथलाई गाउँलेले ‘नेपाल भाई’ भनेका बोलाउन थालेका छन् ।‘दिउँसै रक्सी खाँदा गाली गथ्र्यौं,’ इन्द्र राईले भने, ‘शनिबार उनल साहसिक काम गरेर गाउँको इज्जत राखे ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्