महावीर पुन सम्मानित


 


mahabir-punकाठमाडाैं, असाेज ३

राष्ट्रिय अाविष्कार केन्द्रका संस्थापक महावीर पुन सम्मनित भएका छन् । पुनलार्इ दाँवाली मिलन क्लब काठमाडाैंले सम्मान गरेकाे हाे । विज्ञान प्रविधिका माध्यमबाट राष्ट्रलार्इ याेगदान पुर्याएकाे भन्दै क्लबकाे ११ अाैं बार्षिक साधारण सभामा पुनलार्इ सम्मानित गरेकाे हाे ।

पुनलार्इ सहरी विकास मन्त्री अर्जुननरसिंह केसी तथा क्लबका पदाधिकारीहरूले सम्मान गरेका हुन् । धाैलागिरी अञ्चलका दुर्गम गाउँहरूमा ताररहित इन्टरनेट स्थापना गरेर विकट गाउँहरूमा पुनले अतुलनिय याेगदान समेत पुर्याएका छन् । सामाजिक अभियन्ता तथा राेमन म्यागासेसे पुरस्कार विजेता पुन पछिल्लाे समयमा राष्ट्रिय अाविष्कार केन्द्रकाे स्थापनामा जुटेका छन् ।

studentsयसैबिच क्लबले १० जना एसएलसीमा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुने छात्र छात्रालार्इ नगद पुरस्कार समेत वितरण गरेकाे छ । क्लबका सदस्य परिवारका विद्यार्थीहरूलार्इ प्रत्येक वर्ष पुरस्कार वितरण गरिदै अाएकाे छ ।

भाेजपुर जिल्लाकाे सिद्देश्व उच्च माविबाट उत्कृष्ट अंक ल्यार्इ उत्तिर्ण हुने छात्र छात्रालार्इ प्रत्येक बर्ष वितरण हुँदै अाएकाे पूर्णबहादुर सैंजु प्रतिभा पुरस्कार यसबर्ष गिवेन्द्र खड्का रेणुका श्रेष्ठले प्राप्त गरेका छन् । पुरस्कारकाे राशी नगद पाँच पाँच हजार रहेकाे छ ।

यसैबिच नेहा दाहाल राजधानी माेडेल कलेज पुरस्कारबाट पुरस्कृत भएकी छिन् । पुरस्कारकाे राशी १० हजार एक रूपैयाँ रहेकाे छ । पाँच हजार एक रूपैयाँकाे नाेबेल एकेडेमी शिक्षा पदकबाट राजश्री श्रेष्ठ पुरस्कृत भएकी छिन् ।

राइजिङ एकेडेमी नगद पुरस्कारबाट समृद्दि श्रेष्ठ र रेनिज श्रेष्ठ पुरस्कृत भएका छन् पुरस्कारकाे राशी तीन हजार रूपैया रहेकाे छ । त्यस्तै श्रीया श्रेष्ठ, दिप ज्याेती सैंजु, परिन श्रेष्ठ, मेरिसा श्रेष्ठ, विनम श्रेष्ठ र सगुन प्रसाद काेइराला पनि सम्मनित भएकाे क्लबका अध्यक्ष राेशन श्रेष्ठले बताए ।

 

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्