संविधान दिवसमा एमालेको र्याली



uml-party-office

काठमाडौँ,असोज ३ नेकपा (एमाले)ले प्रथम संविधान दिवसका अवसरमा आज झाँकीसहित र्यालीको आयोजना गरेको छ ।

संविधानले जनताको लामो समयदेखिको सपना पूरा गरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको भन्दै एमालेले उत्सवका रुपमा कार्यक्रम आयोजना गरेको हो ।र्यालीमा सहभागीले एमालेको झन्डाका साथै राष्ट्रिय झन्डा पनि प्रदर्शन गरेका छन् ।

संविधान दिवसका अवसरमा कार्यकर्ता र शुभेच्छुकलाई परिचालन गरी एमालेले रत्नपार्कबाट सुरु गरेको र्याली भोटाहिटी, असन, इन्द्रचोक हुँदै केहीबेरमा वसन्तपुरमा पुगी सभामा परिणत हुनेछ । सभामा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले सम्बोधन गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News