किन लिए महानगरीय अपराध महाशाखाबाट सर्वेन्द्र खनालले विदा


 


ssp-sarbendra-khanal

काठमाडौं,असोज ३ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले अमेरिका जानको लागि अपराध महाशाखाबाट विदा लिएका छन् ।

अमेरिकामा हुन लागेको २ महिना भन्दा लामो तालिमका लागि अमेरिका जानु पर्ने भएकाले उनले आइतबार नै महाशाखाबाट विदा लिएका हुन् ।

सेप्टेम्बर २२ तारिख देखि नोभेम्र २६ तारिख सम्म हुन लागेको एड्भान्स सेक्युरिटी कोअपरेसन तालिममा नेपाल प्रहरीको तर्फबाट उनी सहभागी हुन लागेका हुन् ।

तालिममा २५ भन्दा बढी देशका उच्च सुरक्षा अधिकृतहरु सहभागी रहने छन् ।

उनले एसपी प्रकाशजंग कार्कीलाई निमित्त सुम्पेर मंगलबार राति त्यता तर्फ जाने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्