धुवाँबाट निस्सासिएर एकको मृत्यु, दुईजना गम्भीर घाइते


 


dhuwan

दाङ, असोज ३ सल्यान–८ फालावाङ निवासी इन्द्रलाल विष्टको धुवाँबाट निस्सासिएर मृत्यु भएको छ भने सोही ठाउँ निवासी धर्मबहादुर योगी र टोपबहादुर विक बेहोस भएका छन् ।

दाङको तुलसीपुर–३ गणेशपुरस्थित कोठा भाडा लिई बस्दै आएका उनीहरुले राति लामखुट्टे धपाउन भुसेचुलो बालेको र सो धुवाँले निस्सासिएर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।

उनीहरुले आइतबार साँझ कोठामा भुसेचुलो बालेर ढोका बन्द गरी सुतेको र कोठामा कतैबाट पनि हावा पास नभएका कारण कोठाभरि विषाक्त ग्यास कार्बनडायअक्साड, मोनोअक्साइड भरिएपछि अक्सिजनको अभावमा विष्टको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । योगी र विकको पनि अवस्था गम्भीर रहेको र उनीहरुको राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्