‘नेपाल–भारत सम्झौता मुलुकको हित विपरीत’



prachandamodi

काठमाडौं असोज ३ एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा रहँदा मुलुकको हितविपरीत सम्झौता गरेको आरोप लगाएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष राजीव पहारीले प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच भएको २५ बुँदे सम्झौताको १० नं बुँदामा नेपालको संविधानका बारेमा भारतको चासो रहेको उल्लेख गरेको बताउँदै नेपालको आन्तरिक मामलामा कसैले हस्तक्षेप गर्न मिल्दैन भन्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालको राजनीतिक विषय नेपालमै समाधान गर्नुपर्छ ।” पहारीले प्रधानमन्त्री दाहालले चीनसँग भएको ऐतिहासिक सम्झौतालाई बेवास्ता गर्दै सिङ्गो देश र जनताप्रति धोका दिएको बताउनुभयो । उहाँले आफ्नै पार्टी सम्मिलित अघिल्लो सरकारले स्वदेशी लगानीबाटै हुलाकी मार्ग बनाउने प्रस्ताव गरे पनि दाहालले हुलाकी मार्ग निर्माणको जिम्मा भारतलाई दिएको भन्दै आपत्ति व्यक्त गर्नुभयो ।

उहाँले टीकापुर घटनाका दोषीलाई आम माफी दिने गृहमन्त्रीको अभिव्यक्तिले मुलुकमा दण्डहीनतालाई प्रश्रय दिएको भन्दै अभिव्यक्ति फिर्ता लिन र दोषीलाई कारबाही गर्न माग गर्नुभयो । यस्तै दसैँ, तिहार छठ लगायत चाडमा देखिने कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव नियन्त्रण गरेर सहज र सुलभ आपूर्तिको व्यवस्था गर्नसङ्घले मागसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News