चट्याङ लागेर तीनको मृत्यु


 


chatyang

उर्लाबारी (मोरङ), असोज ३ कोसीहरैंचा नगरपालिका–१ मा आज अपराह्न चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोसीहरैंचा–१ का सीताराम उराउका १२ वर्षीय छोरा सन्देश , चन्द्र बस्नेतका सात वर्षीय छोरा चिराक र राकेश सुब्बाका आठ वर्षीय छोरा राहुल रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।

चट्याङ लागेर गम्भीर घाइते बनेका तीनै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेलगत्तै उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका थिए । चट्याङ लागेर कोसीहरैंचा–१ का उद्धव भट्ट्राईका १० वर्षीय छोरा रोजन र राजन भट्टराईका ११ वर्षीय छोरा अनन्त गम्भीर घाइते भएकामा दुवै बालकको प्रतिष्ठानमै उपचार भइरहेको छ । सबै बालक भेला भएर स्थानीय बाँस झ्याङमा खेलिरहेका बेला चट्याङ परेको थियो ।

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्