अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल असोज ४ गते मंगलबार। इश्वी सन् २०१६ सेप्टेम्बर २० तारिख। नेपाल संवत् ११३६ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– चतुर्थी, १६:०३ बजेउप्रान्त पञ्चमी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अरूको भर पर्दा काममा विलम्ब हुनेछ। विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। भेटघाटमा अलमलिनाले काममा भने बाधा पुग्नेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आकस्मिक समस्याले खर्च गराउला। सरसापटमा पनि धन बाहिरिन सक्छ। नहुने काममा बलजफ्ती गर्दा थप समस्या उत्पन्न हुनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। अधैर्य व्यवहारले हानि पुर्याउन सक्छ। अप्ठ्यारो समयमा साथ दिनेहरू कमै भेटिएलान्। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। प्रयत्न गर्दा विदेश जाने प्रक्रिया अघि बढ्न सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
विभिन्न अवसर प्राप्त हुने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने दिगो फाइदा हुने काम थालनी हुन सक्छ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। साझेदारीले फाइदा दिलाउनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। व्यापार, कृषि तथा पशुपालनमा पनि आय-आर्जन बढ्ने योग छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। मेहनतले कीर्तिमानी दिलाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले पनि हिम्मत दिलाउनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि मनग्य फाइदा हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। काममा चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक नतिजा प्राप्त हुनेछ। अप्ठ्यारो समयमा सहयोगी जुट्नाले चुनौती पार लगाउन सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउन सक्छ। उत्साहसाथ गरिएको भ्रमणमा समय मात्र बित्नेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेदेखि गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। उपचारमा खर्च हुने योग छ। आश्वासन दिएर झुक्याउनेहरूले सताउलान्, सचेत रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
नजिककासँग असमझदारी बढ्नाले सोचेको काममा बाधा हुनेछ। बलजफ्ती गर्दा पुरानो सम्झौता भंग हुन सक्छ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफ्नै अहंकारले आत्मसम्मानमा आघात पुर्याउन सक्छ। पतिपत्नीमा अविश्वास बढ्ने योग छ। तापनि मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। वादविवादमा अघि नबढ्नुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। हठ गर्ने बानीले दुःख पाइनेछ भने सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। साथीभाइले साथ नदिन सक्छन्। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। आक्षेप लगाउनेहरूले दु:ख देलान्। मानसम्मानमा आघात पुग्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ।

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्