विद्यालयमा बम राख्नेलाई कारबाही गर्न अनेरास्ववियुको माग


 


akhilकाठमाडौं, असोज ४

एमाले निकट अनेरास्ववियुले विद्यालयमा बम विष्फोटन गराउनेलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । अनेरास्ववियु अध्यक्ष नविना लामाले मंगलबार विज्ञप्ती जारी गर्दै विद्यालयमा बम विष्फोटन गराउनेजस्तो मानवताविरोधी र आतंककारी गतिविधि गर्नेलाई कारबाही गर्न माग गरेकी छन् ।

अनेरास्ववियुले शिक्षा क्षेत्रमा शान्ति सुरक्षा मिलाउन सरकारसँग माग गरेको छ । मंगलबार बिहान राजधानीमा दुईवटा विद्यालयमा बम विष्फोट गराइएको छ भने ५ वटामा बम फेला परेको थियो ।

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्