गृहमन्त्री निधिको निशानामा परे दाङका एसपी सिंह


 


sp-dhiraj-partap-singतुलसीपुर, असोज ४ । दाङ आएको केही महिनामै अपराध नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका प्रहरी उपरीक्षक (एसपी) धिरजप्रताप सिंह गृहमन्त्री बिमलेन्द्र निधिको निशानामा परेका छन् ।

गुन्डागर्दी र जुवातास नियन्त्रणमा कडाइका साथ लागेका एसपी सिंहलाई गृहमन्त्री निधिले सरूवा गर्ने तयारी गरेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार दाङ कांग्रेसका केही नेताको सिफारिसमा एसपी सिंहको सरूवा गराउन गृहमन्त्री लागेका हुन् । स्रोतका अनुसार जुवाको खालबाट पक्राउ परेका कांग्रेस कार्यकर्तालाई नछाडेपछि एसपी सिंहको सरूवा गराउने तयारी भएको हो ।

करिब एक महिना पहिले नारायणपुरबाट पक्राउ परेका जुवाडे छुटाउन दाङ कांग्रेसका सचिव शंकर डाँगी जिप्रका पुगेका थिए । तर, एसपी सिंहले जुवाडेलाई कानुनी कारवाही गरेका थिए । जुवाडे छुटाउन जिप्रका पुगेका कांग्रेस सचिव डाँगीलाई हिरासतको साँचो दिंदै आफूले जुवाडे नछाड्ने आफ्नो मान्छे चिनेर लैजान भनेका थिए ।

एसपीबाट त्यस्तो जवाफ पाएपछि सचिव डाँगी नतमस्तक भएर फर्केको र कांग्रेसले गृह मन्त्रालय सम्हाल्ना साथ डाँगी एसपीको सरूवा गराउन लागेकोे स्रोतको दाबी छ ।

डाँगीको गृहमन्त्री निधि सँग सम्बन्ध प्रगाढ छ । सचिव डाँगीकै सिफारिसमा एसपी सिंहको सरूवा गर्ने तयारीमा मन्त्री निधि लागेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्