चट्याङ लागेर एकको मृत्यु, १० घाइते


 


chatyang

जिरी (दोलखा), असोज ४ आज दिउँसो करिब २ बजे चट्याङ लागेर यहाँ एक व्यक्तिको मृत्यु भएको छ । दोलखा जुँगुको च्यान डाँडा भन्ने स्थानमा छिमेकीको मलमी गएका स्थानीयवासी ३५ वर्षिय मान बहादुर कार्कीको चट्याङ लागेर घटनास्थल मै मृत्यु भएको हो ।

चट्याङमा परी अन्य १० जना घाइते भएका छन् । घाइते हुनेमा तुलबहादुर जिरेल, गणेश जिरेल, पदम जिरेल, टीका केसी, सोम बस्नेत, बद्री खड्का, रामकुमार जिरेल, दिलमायाँ जिरेल लगायतका छन् ।

तुलबहादुरको अवस्था गम्भीर रहेको स्थानीयवासीले बताएका छन् ।
घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय मैनापोखरी र इलाका प्रहरी कार्यालय जिरीबाट प्रहरी टोली गइसकेका छन् ।

घाइतेको उद्धारका लागि २ वटा बोलेरो गाडीसमेत घटनास्थल पठाइएको इप्रका जिरीका प्रहरी निरीक्षक राजेश कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्