प्रधानमन्त्रीले मधेसको समस्या समाधान गर्नुहुने : उपेन्द्र यादव


 


upendra-yadav

सोलुखुम्बु,असोज ४ सङ््घीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब सोलुखुम्बुद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री दाहाल अन्य मुद्दामा बढी केन्द्रित रहेको देखिए पनि मधेस समस्या उहाँबाटै समाधान हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको हो ।

अध्यक्ष यादबले मधेसी नागरिकको समस्या समाधान गर्नु बर्तमान सरकारको पहिलो प्राथामिकता रहेको बताउँदै त्यसका लागि अहिलेसम्म संविधान संशोधनका प्रक्रिया सुरु नहुँदा मधेसी नागरिकमा नैराश्यता छाएको भएपनि अन्ततः यही सरकारले संविधान संशोधन गरी मधेसीको हकअधिकार सुरक्षित गर्ने बिचार व्यक्त गर्नुभयो ।

संविधानमा संशोधन गरी मधेसको समस्या समाधान नभएसम्म मुलुकमा चुनावको प्रक्रिया सुरु हुनै नसक्ने पनि उहाँले दावी गर्नुभयो ।

यसैगरी सोलुखुम्बुका शेर्पा समुदाय तथा सङ्घीय समाजबादी फोरमका कार्यकर्ताको दुईदिने प्रशिक्षणका क्रममा यादवले शेर्पाको पहिचनयुक्त प्रदेशको स्थापना जसरी पनि हुने बताउनुभयो ।

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्