बस जुध्दा २४ जना घाइते



bus-1-1-768x432

तनहँु, असोज ४ दुईवटा बस एकापसमा जुध्दा तनहुँमा आज २४ जना यात्रु घाइते भएका छन् ।
पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ४२०९ बस र विपरीत दिशामा गुडिरहेको ना ५ ख ७१६९ नम्बरको बस अपराह्न ४ बजे व्यास नगरपालिका–८ कन्टारमा एकापसमा ठोक्किँदा २४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त दुर्घटनामा घाइते भएकामध्ये चारजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाइएको र अन्यको दमौलीस्थित रत्नहरि अस्पताल र दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News