नेपालमा काेराेना संक्रमितकाे संख्या ४९ पुग्याे


 


काठमाडौं, बैशाख १२
कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । थपिएकाे संख्यासहित नेपालमा अब काेराेनाे भाइरस संक्रमितकाे सख्या ४९ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले जानकारी दिए । बिहीबारसम्ममा १० जना डिस्चार्ज भएका छन् । अरुको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

यसअघि बिहीबार नै २६ वर्षीय पुरुष, १४ वर्षीय बालक र ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको पुष्टि भएको थियो । नेपालमा डिस्चार्ज हुनेको संख्या दिनप्रति दिन बढिरहेको छ। बिहीबार तीन जनाको डिस्चार्ज भएसँगै निको हुनेको संख्या १० पुगेको छ। हालसम्म डिस्चार्ज हुनेमा काठमाडौंका ३ धादिङका १, बागलुङका १ र धनगढीका चारजना रहेका छन्। एकजना फागुन महिनामै डिस्चार्ज भइसेका छन्।

अहिलेसम्म आरडीटी विधिबाट ३८ हजार ८९ र र पीसीआर विधिबाट ९ हजार ४०७ गरी जम्मा ४७ हजार चार सय ९६ जनाको नमुना परीक्षण भएको छ। प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ७ सय ९१ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

अहिले क्वारेन्टाइनमा १२ हजार ९ सय ८५ जना रहेका छन् भने उपत्यकामा ३ र बाहिर ८६ गरेर ८९ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

प्रकाशित मिति: १२ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्