रिर्पोट नेगेटिभ आएपछि सिलबन्दी खोल्ने तयारी


 


झापा, बैशाख १९
झापा कोरोना भाइरस पोजेटिट देखिएका उनका सबै परिवारमा कोरोना नेगेटिभ आएको छ । बाह्रदशी गाउँपालिका-४ का ५० वर्षीयमा कोरोना भाइरस पोजेटिट देखिएपछि उनका सबै परिवारमा गरिएकाे परीक्षणमा कोरोना नेगेटिभ आएको हाे । ढेड महिना अघि भारतबाट आएका यी व्यक्तिलाई कोरोना संक्रमण देखिएछि संक्रमित व्यक्ति घुलमिल भएका ४ ५ र ३ नम्बर वडामा सिल गरिएको थियो ।

संक्रमित व्यक्ति भने विराटनगरको कोसी अस्पतालमा उपचाररत छन्। उनका परिवारका अनुसार संक्रमित भनिएका व्यक्तिको स्वास्थ्य सामान्य रहेको र भाइरस टेष्टमा नेगेटिभ रिर्पोट आइरहेको जनाएको छ । यसभन्दा पहिला पनि तीन पटकको परिक्षणमा मात्र उनमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । गत बैशाख १३ गते परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ आएपछि थप उपचारका लागि अस्पताल लगिएको थियो ।

यता, संक्रमितसँग सम्पर्कमा आएका र गाउँपालिकामा परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएकाले सिलबन्दी शुक्रबारदेखि खोल्ने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्