परीक्षाफल प्रकाशित


 


काठमाडौँ, असोज ५

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविक तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको अर्थशास्त्र, ललितकला (मूर्ति र चित्र) तथा सङ्गीत विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ ।

साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्