नेपालमा काेराेना संक्रमितकाे संख्या ६९ पुग्यो


 


काठमाडौं, बैशाख २१
नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। याे सँगै संक्रमितकाे संख्या ६९ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महानगरपालिका छपकैयाका ३६ वर्षीय पुरुष तथा नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरुको उमेर ७ देखि ५८ वर्ष रहेको उनले जानकारी दिए।

यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ६९ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्।

प्रकाशित मिति: २१ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्