ठुलो परिणाममा अवैध मदिरा बरामद


 


madhira

बुटवल,  असोज ६ बुटवलमा प्रहरीले ठुलो परिणाममा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । यस्तै प्रहरीले बुटवलबाट तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले एक हजार ५०० लिटर अवैध मदिरा पक्राउ पछि नष्ट गरेको छ । रुपन्देहीका विभिन्न पाँच स्थानमा गरिएको अप्रेसनपछि सो परिमाणका घरेलु मदिरा फेला पारिएको इलाका प्रहरी कार्यालय बुटवलले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीका अनुसार प्रहरीले सिद्धबाबा क्षेत्रबाट ८०० लिटर, इँटाभट्टाबाट ३०० लिटर र उत्पादन सामग्री, जीतगढीबाट १०० लिटर त्यसैगरी चरंगेबाट २०० लिटर र एक बोरा कच्चा पदार्थ, बुटवलको गोलपार्कबाट १०० लिटर गरी नियन्त्रणमा लिइएको एक हजार ५०० घरेलु मदिरा नष्ट गरेको हो ।

त्यस्तै प्रहरीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुठापौवा–५ पाल्पाका रेशम बगाले छन् । उनले नोफोन १ सड ८५ सिसी, फेनारगन १८६ सिसी र सेराज्याक १८३ सिसी र दुई थान सिरिन्ज पनि बोकेका थिए ।

त्यसैगरी देवदह–२ का फत्तेबहादुर राणा र किसन थापाको साथबाट १ दशमलव ४४ ग्राम ब्राउन सुगर र उनीहरु सवार लु१५प ३७१६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल पनि बरामद गरिएकोे छ ।

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्