नेपालको विकासप्रति नर्वेको चासो


 


nepal-narbe

काठमाडौँ,  असोज ६प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि नर्वेका राजदूत चेल टोरमोड पिटर्सेनले बिहिबार सिंहदरबारमा भेटवार्ता गरेका छन्  ।

भेटका अवसरमा प्रधानमन्त्री दाहालले नेपालले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक विकासका लागि द्रुत गतिमा काम गरिरहेको जानकारी दिँदै नेपालको विकास प्रयासमा नर्वे सरकारबाट प्राप्त सहयोगको सराहना गरे ।

नेपालले सात दशक लामो सङ्घर्षबाट प्रगतिशील संविधान प्राप्त गरेको र शान्ति प्रक्रियालाई मौलिक ढङ्गले टुङ्गोमा पुर्याउन खोजिरहेको  प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै उहाँको निजी सचिवालयले जनाएको छ ।

भेटमा राजदूत पिटर्सेनले नेपालको प्रगति र समृद्धिका लागि नर्वेको सहयोग जारी रहने विश्वास दिलाउँदै शान्ति प्रक्रियामा नर्वेले खेलेको भूमिकालाई नेपालले सकारात्मक रुपमा मूल्याङ्कन गरेकामा धन्यवाद  व्यक्त गरे । ।

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्