संयुक्त वक्तव्य त्रुटिपूर्ण छ : नेकपा माले


 


cpi-ml_645_1315728731-jpg

काठमाडौँ, असोज ६ नेकपा (माले) ले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका सन्दर्भमा जारी गरिएको संयुक्त वक्तव्यमा भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाको संयुक्त अनुगमन तथा सुपरीवेक्षण गर्ने विषय राखिनु त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको छ ।

पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा आज सम्पन्न स्थायी कमिटीको बैठकले भारतलाई संयुक्त राष्ट्र सङ्घ, सुरक्षा परिषद्को स्थायी सदस्यमा समर्थन गर्ने जस्तो प्रावधान संयुक्त विज्ञप्तिमा राखिनु नेपालको राष्ट्रिय हित विपरीत रहेको ठहर गरेको पार्टीका नेता अइन्द्रसुन्दर नेम्वाङले जानकारी दिनुभयो ।

नेपालको संविधान संशोधनमा भारतीय मागलाई प्रधानमन्त्री दाहालले स्विकारेर मुलुकको आन्तरिक मामलामा बाह्य शक्तिलाई प्रवेश गराएकामा बैठकले चिन्ता व्यक्त गर्दै यसले देशको भौगोलिक अखण्डतामाथि गम्भीर आँच पु¥याएको जनाएको छ ।

मुलुकको स्वतन्त्रता, सार्वभौभसत्ता र भौगोलिक अखण्डतालाई संरक्षण गर्न पार्टीले समान राजनीतिक शक्तिसँग सहकार्य गरी अगाडि बढ्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्