विश्वका खोज पत्रकारिता सम्बन्धी सम्मेलन काठमाडौँमा


 


logodesh

काठमाडौँ, असोज ६ दोस्रो एसियाली खोज पत्रकारिता सम्बन्धी तीनदिने सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हँुदैछ ।

खोज पत्रकारिता केन्द्र नेपाल (सिआइजे) र ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिजम नेटवर्क (जीआइजेएन) को संयुक्त आयोजनमा आयोजित उक्त सम्मेलनमा विश्वका ५१ देशका ३२० विदेशी पत्रकार तथा नेपालका खोज संवाददाता र सम्पादक समेत गरेर ४०० पत्रकार सहभागी हुने खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले जानकारी दिनुभयो ।

पुलिटजर पुरस्कार विजेता वाल्टर भी रविन्सन जसले पनि सम्मेलनमा सहभागी हुने जनाएको छ । त्यस्तै विश्वविख्यात खोज पत्रकार शीला क्रोनेल पनि सम्मेलनमा भाग लिन काठमाडाँै आइपुगेकी छन् । खोज पत्रकारिता केन्द्र फिलिपिन्सकी संस्थापक क्रोनेलले गरेको अनुसन्धानमूलक समाचारका कारण त्यहाँका तत्कालीन राष्ट्रपति एस्ट्राडा पद छाड्न बाध्य भएका थिए ।

सम्मेलनमा संसारभरका खोज पत्रकारले प्राप्त गरेका उपलब्धि, भोगेका कठिनाइ, सिकेका सीप र आगामी दिनमा खोज पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका लगायत बिषयमा छलफल हुनेछ ।

विश्व चर्चित खुलासा पानामा पेपर्सको टिमले पनि आफ्नो अनुभव सम्मेलनमा प्रस्तुत गर्ने जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्