‘बिपी कोइराला क्यान्सर अस्पताल अस्तव्यस्त’


 


bp-koirala-health

चितवन, असोज ६  स्वास्थ्यमन्त्री गगनकुमार थापाले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा एवम् गुणस्तरको सुधार तथा समस्या पहिचान गर्न टोली खटाइएको बताउनुभएको छ ।

अस्पतालको निरीक्षणपछि आज यहाँ आयोजित कार्यक्रममा उहाँले आफूले अस्पतालमा व्यवस्थापकीय कमजोरी, आर्थिक अनियमितता र स्रोत, साधनको उचित सदुपयोग हुन नसकेको पाएको बताउनुभयो । सो अवसरमा उहाँले एसियाकै नमुना सो अस्पताल अस्तव्यस्त भएको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो ।

मन्त्रालयले देशका अन्य अस्पतालमा पनि टोली खटाएर सूक्ष्म अध्ययन गरिरहेको उल्लेख गर्दै उहाँले टोलीको प्रतिवेदन आएलगत्तै मन्त्रालयले निर्णय लिने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा राजनीति हाबी हुँदा गुणस्तरीय सेवा प्रदान हुन नसकेको भन्दै उहाँले समयमा नै आफ्नो कार्यशैली सुधार गर्न चिकित्सक र कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्