मन्त्री गिरी अस्पताल भर्ना


 


dipak-giri-minister-1

काठमाडौँ,  असोज ६ स्वास्थ्यमा समस्या देखिएपछि सिँचाइमन्त्री दीपक गिरी अस्पताल भर्ना हुनुभएको छ ।

अकस्मात् रक्त सञ्चारमा खराबी देखिएपछि उहाँ नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा गए राती भर्ना हुुनुभएको मन्त्री गिरीका स्वकीय सचिव युवराज जिसीले राससलाई जानकारी दिनुभयो ।

डा यादव भट्ट नेतृत्वको टोलीले उहाँको उपचार गरिरहेको छ । उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र दुई दिनपछि घर फर्कन सक्ने चिकित्सकको भनाइ उद्धृत गर्दै जिसीले बताउनुभयो ।

उहाँलाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेता अस्पताल पुग्नुभएको थियो ।

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्