लकडाउन खुकुलाे बनाउने निर्णय भएपछि स्वास्थ्य मन्त्रीले दिए राजीनामा


 


काठमाडौं, जेठ ३
लकडाउन खुकुलाे बनाउने निर्णय भएपछि ब्राजिलका स्वास्थ्य मन्त्रीले राजीनामा दिएका छन्। कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिएका सरकारी प्रयास पर्याप्त नभएको तथा लिइएका नीति ठीक नभएको भन्दै ब्राजिलका स्वास्थ्य मन्त्री नेल्सन तेइचले राजीनामा दिएका हुन् ।

तत्कालीन स्वास्थ्यमन्त्री लुइज हेनरिके मान्देता गत मार्च १५ बर्खास्त भएपछि मन्त्री नियुक्त भएका तेइजले पनि राजीनामा दिएका हुन् । कोरोना भाइरसको महामारीसँग जुधिरहेको ब्राजिललाई संक्रमणबाट जोगाउन राज्यको कडा हुनुपर्नेमा लकडाउन खुकुलो बनाउने गरिएका निर्णयहरू भएपछि तेइचले पनि राजीनामा दिएको बुझिएको छ ।

यसअघि तत्कालीन स्वास्थ्य मन्त्री मान्देताले पनि लकडाउन खुकुलो बनाउन नहुने बताइरहदा उनलाई राष्ट्रपति जायर बोल्सोनारोले बर्खास्त गरेका थिए । ब्राजिलमा कोरोना भाइरसको संक्रमणले १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने दुई लाख १८ हजार भन्दा बढी संक्रमित भएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु

प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्