भारतको उत्तर प्रदेशमा मजदूर सवार ट्रक दुर्घटना, २४ जनाको मृत्यु




एजेन्सी
भारतको उत्तर प्रदेशमा प्रवासी मजदुर सवार ट्रक दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ। औरैया जिल्लामा दुईवटा ट्रक ठोक्किँदा २४ मजदूरको निधन भएको छ भने अरु धेरै घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा मृत्यु हुने तथा घाइते हुने अधिकांश मजदूर बिहार, झारखण्ड र पश्चिम बंगालका हुन् ।

उनीहरु लकडाउनका बिच आफ्नो घर जाने प्रयासमा थिए । अहिले उद्धार तथा राहतको काम जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News